मुख्य समाचार

    चितवनमा धुर्बे हात्तीले स्थानीयकाे घर भत्कायाे

    जगत ठाडा मगर
    २०७८ फाल्गुन २४ | बिहान ०९:११ बजे

      चितवन, फागुन २४ गते । जङ्गली हात्तीले स‍ोमवार राती स्थानीयको घर भत्काएर अन्नपातमा क्षति पुराएको छ ।

      भरतपुर १३ मा गएराती धुर्बे नामको जङ्गली हात्तीले क्षति पु-याएको हो ।

      चितवन राष्टिय निकुञ्जबाट मानववस्तिमा निश्किएको हात्तीले उजेला तामाङ, कम्पाटी तमाङ, आइत राम र सुकमान तमाङको घर भत्काएको स्थानीय अपिल घिमिरेले जानकारी दिनुभयो ।

      घरमा रहेको धान लगायतको अन्नपात पनि क्षति भएको बताइएकाे छ ।

        कमेन्टहरु