देश

    स्थानीय तहको निर्वाचनमा मतपत्र छाप्न हरियो मसीको प्रयोग गर्ने

    जगत ठाडा मगर
    २०७८ फाल्गुन २३ | मध्यान्ह ०५:११ बजे

      काठमाडौं । आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा निर्वाचन आयोगले मतपत्र छाप्न हरियो मसी प्रयोग गर्ने भएको छ । आयोगले सोमबार पत्रकार सम्मेलन गर्दै मतपत्रमा हरियो मसी प्रयोग गर्ने निर्णय गरेको आयोगका सहायक प्रवक्ता तथा सूचना अधिकारी सूर्यप्रसाद अर्यालले बताएका हुन् ।

      उनले भने “आवश्यक मतपत्र छाप्दा मतपत्रमा प्रयोग हुने चिह्न विवरण तथा सुरक्षण चिह्नहरु हरियो मसीले छपाई गर्नेगरी आयोगबाट निर्णय भएको छ ।” यस्तै प्रवक्ता अर्यालले आयोगले अहिले मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन निवेदन दिने काम जारी रहेको पनि जानकारी दिए ।

      “कसैले झुटो विवरण दिइ नामावालीमा नाम समावेश गरेको भए सो को विरोधमा उजुरी दिने, एकभन्दा बढी स्थानमा मतदाताको नाम समावेश भएको अवस्थामा एक स्थानमा मात्र कायम गर्न निवेदन दिने, मृत्यु भएका व्यक्तिका आफन्त तथा नागरिकता त्याग गरेका नागरिकले पनि नाम हटाउन सूचना दिनुपर्ने, उजुरी परेका मतदातालाई प्रमाणसहित सफाइको मौका दिने काम अहिले जारी छ” उनले भने “यसलाई वडा कार्यालय र निर्वाचन कार्यालयको वेवसाइटमा हेर्न सकिन्छ ।”

        कमेन्टहरु