देशभर थप ८८ जनामा कोरोना सङ्क्रमण पुष्टि, १ जनाको मृत्यु

जगत ठाडा मगर
२०७८ फाल्गुन २३ | मध्यान्ह ०४:११ बजे

काठमाडौं, फागुन २३ । पछिल्लो २४ घण्टामा देशभर थप ८८ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ८ हजार ६३८ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ६६ जना तथा एन्टिजेन विधिबाट २२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सोही अवधिमा थप ३७६ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा कूल सङ्क्रमितमध्ये ९ लाख ५९ हजार ४६९ जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९८.१ प्रतिशत रहेको छ । योसँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या ६ हजार १५० पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप १ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म ११ हजार ९४८ जनाको मृत्यु भइसकेको छ । यही अवधिमा थप २ लाख ३३ हजार ८५१ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।





