समाचार

    सिरहामा विद्यालय बन्द गरी कांग्रेसको निर्वाचन, पत्रकारलाई प्रबेशमा निषेध

    जगत ठाडा मगर
    २०७८ फाल्गुन २३ | मध्यान्ह ०३:११ बजे

      बिनोद मण्डल
      सिरहा, फागुन २३ । कांग्रेसको १४औं जिल्ला अधिवेशनअन्तर्गत सिरहाको गोलबजारमा मतदान जारी छ । गोलबजार नगरपालिका-४ स्थित जनता माध्यमिक विद्यालयमा पठनपाठन बन्द गरेरै मतदान जारी राखिएको छ । मतदानस्थलको समाचार संकलनका लागि पुगेका पत्रकारहरुलाई अवरोध गरिएपछि पत्रकारहरू क्यामेरालगायतका सञ्चार सामग्री तेर्स्याएर धर्नामा बसेका छन् ।

      पत्रकारहरुले अवरोधको विषयमा प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीलाई जिज्ञासा राख्दा सुरक्षा निकायले सुरक्षा प्रदान गरिरहेकोले पत्रकारलाई विद्यालयको परिसरबाहिरैबाट समाचार संकलन गर्न सकिने भनेर रोक्न खोजेको पत्रकार विनय यादवले बताए ।

      नेपाल पत्रकार महासंघ सिरहाका सदस्य सुरेन्द्रकुमार कामतीको नेतृत्वमा विभिन्न संचारमाध्यममा आबद्ध पत्रकारहरू घर्नामा बसेर समाचार संकलन अवरोध गरेकोमा आपत्ति जनाएका छन् । प्रमुख जिल्ला अधिकारी कवारीले सुरक्षाको कारणले पत्रकारलाई विद्यालयको परिसर बाहिरैवाट समाचार संकलन गर्न आग्रह गरिएको बताए ।

        कमेन्टहरु