प्रतिस्पर्धी शिक्षाबाट नेपालमै विकास गर्न सकिन्छ : ओली


कावासोती, फागुन २३ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले दुनियाको प्रतिस्पर्धी शिक्षा हाम्रै देशमा विकास गर्न सकिने बताउनुभएको छ ।
आज नवलपुरको कावासोतीमा रहेको मध्यविन्दु बहुमुखी क्याम्पसको १६औं बार्षिकोत्सव तथा अभिभावक दिवश समारोहमा प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
ओलीले शिक्षा, स्वास्थ्य, उद्योग, व्यापार विद्युतीकण जस्ता जुनसुकै क्षेत्रको विकास गर्ने बाटो हामिले लिईसकेका छौँ । हामिसंग देश विकासको भिजन छ त्यसै कारण हाम्रो राष्ट्रिय आकाङछा भनेको सुखी नेपाली समृद्ध नेपाल हो ।
यस्तै ओलीले शिक्षक, विद्यार्थी, अभिभावक लगायत सबै क्षेत्रमा काम गर्नेलाई आधुनीकिकरणको बाटो अप्नाउन आग्रह गर्नुभयो । हरेक क्षेत्रमा काम गर्नेहरुले अब आधुनीकिकरणको बाटो, प्रविधी प्रयोग गर्ने बाटो, पछौटेपनलाई हटाउने बाटो, स्वरोजगार सृजना गर्ने बाटो अबलम्बन गर्नुपर्नेमा जोड दिए ।
उहाँले आफु प्रधानमन्त्री हुँदा भएका विकासका बारेमा समेत जानकारी गराए । नवलपुरको फलाम खानी, नमुना सदरमुकाम, नारायणगढ – बुटवल सडक विस्तार, कालीगण्डकी करिडोर आफ्नै पालामा बनेको उहाँले स्मरण गर्नुभयो ।
यस्तै मझीलाल थारु थनेतको नाममा दुई लाख रुपैँयाको अक्ष कोष स्थापनाको घोषणा समेत गर्नुभयो । आफुले अक्ष कोषका लागि दुई लाख उपलब्ध गराउने , क्याम्पसले त्यसको वितरणको प्रकृया आफैँ मिलाउने जानकारी गराउनुभयो । गण्डकी प्रदेशको भूभाग ऋषिमुनिको तपोभूमि रहेको बताउँदै उहाँले विश्वको सबैभन्दा पुरानो दर्शन र सम्भयता शैव दर्भन शैव सम्भयता उत्पत्ति भएको भूभाग नवलपुरमा रहेको बताए ।
सोही कार्यक्रममा ओलीले क्याम्पसको पुस्तकालय भवन र प्रशासनिक भवनको समेत उद्घाटन गर्नुभयो ।





