समाज

    घरघरमै पुगेर गर्भवतीलाई कोसेली बाँड्दै

    जगत ठाडा मगर
    २०७८ फाल्गुन २३ | बिहान ०९:११ बजे

      अछाम । साँफेबगर नगरपालिकाकामा नगर उपप्रमुख कोसेली कार्यक्रम सञ्चालन भएको छ । उपमेयर विर्मलादेवी वुड्थापाले उक्त कार्यक्रमबाट घरघर पुगेर गर्भवतीलाई कोसेली दिएकी छन् ।

      १४ वडाका ३ सय ३८ जना गर्भवतीलाई कोसेली दिइएको हो । उनका अनुसार हरेक गर्भवतीलाई १ क्रेट अण्डा, १ थान कम्बल, २ लिटर तेल, कोल्केट, व्रस, साबुन, मास्क र एक प्याकेट नुन वितरण गरिएको हो ।

      गर्भवतीका लागि पौष्टिक आहार लिएर घर आँगनमै आउनु खुसीको कुरा भएको साँफेबगर नगरपालिका– ४ मष्टमाडौंकी सरिता भुलले बताइन् । गर्भावस्थाका महिलाका लागि कोसेली लिएर घरमा आउँदा स्थानीय सरकारको महसुस भएको उनको भनाइ छ ।

        कमेन्टहरु