नवजात शिशुको हत्या गरेकाे आरोपमा आमा पक्राउ

जगत ठाडा मगर
२०७८ फाल्गुन २३ | बिहान ०७:११ बजे

चितवन । नवजात शिशुको हत्या गरेकाे आराेपमा एक आमालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिका नगरपालिका –१० की २१ वर्षीया मन्जु चेपाङ रहेको प्रहरीले जनाएको छ ।
गत बिहीबार कालिका १० टुँडिखेलमा सालनालसहितको नवजात शिशु (बालक) मृत अवस्थामा फेला परेका थिए ।चितवन प्रहरीका सूचना अधिकृत डीएसपी नरहरी अधिकारीका अनुसार प्रारम्भिक अनुसन्धानबाट चेपाङले बालकलाई जन्म दिएर हत्या गरेको खुल्न आएको छ ।
पक्राउ परेकी चेपाङलाई कर्तव्य ज्यान मुद्दामा चितवन जिल्ला अदालतबाट म्याद अनुमति लिएर थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।





