राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता गणेश शेरचनको ७८ वर्षको उमेरमा निधन

जगत ठाडा मगर
२०७८ फाल्गुन २२ | बिहान ०९:११ बजे

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता गणेश शेरचनको ७८ वर्षको उमेरमा निधन भएको छ ।
लामो समयदेखि मधुमेह रोगबाट पीडित उनको आइतबार बिहान ग्रान्डी अस्पतालमा निधन भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।उनी तत्कालीन राप्रपा नेपालका महामन्त्री थिए । राजाको प्रत्यक्ष शासनकालमा क्षेत्रीय प्रशासक थिए ।
शेरचनको निधनमा शोक प्रकट गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले स्तब्ध भएको बताएका छन् । उनको निधनले राष्ट्रवादी आन्दोलनलाई क्षति पुगेको लिङ्देनले बताएका छन् ।





