समाचार

    प्रेस चौतारी एशोसियट प्रदेश अध्यक्षमा थापा

    जगत ठाडा मगर
    २०७८ फाल्गुन २२ | बिहान ०७:११ बजे

      काठमाडौं । नेकपा एमालेनिकट पत्रकारको संगठन प्रेस चौतारी नेपालको एशोसियट प्रदेश अध्यक्षमा श्रीहरी थापा निर्वाचित भएका छन् ।

      शनिबार काठमाडौंमा भएको अधिवेशनबाट उपाध्यक्षमा श्यामसुन्दर पुडासैनी र सुरक्षा भट्टराई, महासचिवमा रघुनाथ सापकोटा, सचिवमा बिक्रम सुनार र मनोज न्यौपानेसँगै कोषाध्यक्षमा पवित्रादेवी ढकाल (पूजा) चयन भएका छन् ।

      प्रेस चौतारीले शनिबार नै वाग्मती, मधेस, सुदूरपश्चिम, उपत्यका, एशोसियट र प्रतिष्ठान प्रदेशको अधिवेशन गरेको छ । प्रेस चौतारीको केन्द्रीय महाधिवेशन फागुन २७ गतेदेखि पोखरामा हुँदैछ ।

        कमेन्टहरु