मौसम

    आजकाे माैसम पूर्वानुमान यस्तो छ

    जगत ठाडा मगर
    २०७८ फाल्गुन २२ | बिहान ०६:११ बजे

      काठमाडौ । देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र प्रदेश १ मा आंशिक बदली रही बाँकी भू–भागमा आजको माैसम सामान्यतया सफा रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

      आज राति पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने अनुमान माैसमविद्ले गरेका छन् ।

      अहिले बिहान पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहेको छ । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेकाे महाशाखाले जनाएकाे छ ।

        कमेन्टहरु