देश

    प्रतिनिधिसभाको बैठक आज बस्दै

    जगत ठाडा मगर
    २०७८ फाल्गुन २२ | बिहान ०६:११ बजे

      काठमाडौ । आज (आइतबार) प्रतिनिधि सभाको बैठक बस्दै छ ।संघीय संसद् सचिवालयका अनुसार दिउँसोे १ बजेका लागि संसद् बैठक बोलाइएको हो।

      आजको बैठकका लागि एउटा मात्र सम्भावित कार्यक्रम राखिएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एकतीसौं वार्षिक प्रतिवेदन आ.व.२०७७/७८’ पेस गर्ने सम्भावित कार्यक्रम राखिएको हो।

      प्रतिनिधि सभाको बैठकअघि बिहान कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेछ। जसले आज बस्ने संसद् बैठकको सम्भावित कार्यसूची परिवर्तन÷परिमार्जन पनि गर्न सक्छ।

      photo 2022 03 06 06 42 50

        कमेन्टहरु