शिक्षा

    मदरसामा पढाउने शिक्षकको व्यवस्थापन राज्यले गर्नुपर्छ : अकरम पठान

    जगत ठाडा मगर
    २०७८ फाल्गुन २१ | मध्यान्ह ०९:११ बजे

      कपिलवस्तु, फागुन २१ । नेपाल मुस्लिम यूनिवर्सिटी र मदरसा इस्लामियाको मसाइल र तरक्कीमा ध्यानाकर्षण र चिन्तन विषयमा छलफल कार्यक्रम सम्पन्न भएको छ । मदरसा संरक्षण समिति विजयनगरको अगुवाईमा विजयनगर गाँउपालिकाको अहले सुन्नत फैजे गौसिया पिपरीमा कार्यक्रम सम्पन्न भएको हो ।

      कार्यक्रमको अध्यक्षतामा डा. जहिरूल हसन खान, प्रमुख अतिथिमा पूर्व जि.शि. अधिकारी अब्दुल रउफ खां, विशिष्ट अतिथिमा हाजी अब्दुल कलाम खान, मौलाना अकबर खान, मौलाना मुस्तक बरकाती, अकरम पठान लगायत रहेका थिए । कार्यक्रममा बोल्दै डा. जहिरूल हसनले आफूहरू मदरसाको संरक्षण गर्न हरेक सम्भव प्रयास गर्ने बताउदै विजयनगरमा मुस्लिम युनिवर्सिटीको जग छिट्टै स्थापना हुने विश्वास व्यक्त गर्नुभयो ।

      कार्यक्रममा बोल्दै प्रमुख अतिथि खांले मदरसा शिक्षाले मुस्लिम समुदाय शिक्षित हुने अवसर पाई रहेको बताउदै मदरसाहरूको संरक्षण गर्नु मुस्लिम समुदायको कर्तव्य रहेको बताए । कार्यक्रममा बोल्दै अकरम पठानले मदरसालाई राज्यले मुल प्रवाहिकरणमा ल्याई मदरसामा पढाउने शिक्षकको व्यवस्थापन राज्यले गर्नुपर्ने बताए । कार्यक्रममा अतिथि हाजी अब्दुल कलाम खान, मौलाना अकबर खान, मौलाना मुस्ताक बरकाती, मौलाना मुजीबुर्रहमान, कलाम भाई व्यक्तित्वहरुले आफ्नो विचार प्रकट गरे ।

      कार्यक्रममा लगभग पचास मदरसाका आलीम र मदरसा व्यवस्थापन समितिका अध्यक्षहरूको उपस्थित रहेको थियो । कार्यक्रम संचालन मौलाना सद्दाम साहबले गर्नुभयो ।

        कमेन्टहरु