देश

    सन्देशमुलक चलचित्र “आशाकाे दियाे” सुटिङकाे आजबाट आरम्भ

    जगत ठाडा मगर
    २०७८ फाल्गुन २१ | मध्यान्ह ०८:११ बजे

      दिपेश श्रेष्ठ
      काठमाडौ । सेवक फिल्मस प्रालिकाे ब्यानरमा संगित सागरकाे निर्देशन, बिनाेद याख्खाकाे छायाङ्गकन, राेसन सेवककाे लेखन साथै जियाेग्राफि न्युज नेटवर्क प्रालिकाे मिडिया पार्टनरमा सन्देशमुलक चलचित्र “आशाकाे दियाे” काे सुटिङकाे बिधिवत रुपले आजबाट आरम्भ भएकाे छ ।

      photo 2022 03 05 20 01 11

      झण्डै आधा दर्जनबढि नेपाली चलचित्रलाई बजारमा ल्याईसकेकाे उक्त सेवक फिल्मस प्रालिकाे ब्यानरमा बन्दैगरेकाे चलचित्र “आशाकाे दियाे” भित्र मुख्य भुमिकामा निसु आइडु, रेबिका ढकाल, राेसन सेवक, डिबि राना लगायतकाे रहेका छन् । नेपाली फिल्म बजारमा अपेक्षा, क्रस, अपेक्षा २ लगायत अन्य सफल चलचित्रहरु ल्याई सकेकाे सेवक फिल्मस प्रालिले बिगतकाे फिल्महरुबाट पनि विभिन्न सन्देश छर्नसफल थिए भने याे पटककाे फिल्म पनि सन्देश मुलक रहेकाेले बिगतकाे भन्दा अझ दर्शकले रुचाउने आशा गरिएकाेछ।

      photo 2022 03 05 20 01 07

      काठमाडौंको विभिन्न स्थानमा छायांकन गरिने भएता पनि कथाकी शन्ध्या अचानक बिरामी परेकाे हुनाले उनलाई उपचारकाे लागि काठमाडौंको कपनस्थित करुणा हस्पिटल तथा बाँसबारी स्थित सहिद गंगालाल हस्पिटलकाे केही सिन सहित आजबाट साे चलचित्रकाे छायांकन थालिएकाे श्राेतले बताएकाे छ।

        कमेन्टहरु