पछिल्लो २४ घण्टामा देशभर जम्मा ९१ जनामा कोरोना संक्रमण पुष्टि, मृत्यु शून्य

जगत ठाडा मगर
२०७८ फाल्गुन २१ | मध्यान्ह ०५:११ बजे

काठमाडौं, फागुन २१ । पछिल्लो २४ घण्टामा देशभर ९१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ हजार २२० जनाको नमुना परीक्षण गरिएकोमा पीसीआर विधिबाट ६७ तथा एन्टिजेन विधिबाट २४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
सोही अवधिमा थप ३६२ जना निको भएका छन् । नेपालमा हालसम्म कूल सङ्क्रमितमध्ये ९ लाख ५८ हजार ५५५ जना सङ्क्रमणमुक्त भइसकेका छन् । हाल निको हुने दर ९८.१ प्रतिशत पुगेको छ । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ६ हजार ९४७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या शुन्य छ । नेपालमा कोभिड–१९ को सङ्क्रमणबाट ११ हजार ९४५ जनाको मृत्यु भइसकेको छ । यही अवधिमा थप २ लाख ८६१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।





