कैलाली कारागारमा थुनावाको मृत्यु

जगत ठाडा मगर
२०७८ फाल्गुन २१ | बिहान ११:११ बजे

कैलाली, फागुन २१ । कैलाली कारागारमा थुनामा रहेको एक युवकको मृत्यु भएको छ । लागुऔषध मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका घोडाघोडी नगरपालिका–३ का २० वर्षीय श्यामबहादुर थापा मगरको मृत्यु भएको हो ।
उनको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा शुक्रबार निधन भएको जेलर नरबहादुर थापाले बताए । उनकाअनुसार मृतक थापालाई फोक्सोसम्बन्धी समस्या देखिएपछि २ दिनअघिदेखि आईसियूमा राखेर उपचार गरिँदै थियो ।
उनी विगत दुई महिनादेखि फोक्सो सम्बन्धी समस्याका कारण बिरामी रहेको बताइएको छ ।





