देश

    कपिलवस्तुमा १२ वर्षीया छोरीको हत्या, शव बोकेर हिँडेका बेला आमा पक्राउ

    जगत ठाडा मगर
    २०७८ फाल्गुन २१ | बिहान १०:११ बजे

      कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा आमाले आफ्नै छोरीको हत्या गरेकी छन् । बाणगंगा नगरपालिका–१ उत्तमनगर निवासी सीता नेपालीले आफ्नै १२ वर्षीया छोरीको हत्या गरेकी हुन् ।

      छोरीको हत्यापछि शव बोकेर हिँडेकी आमालाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीले घटना शंकास्पद रहेकोले थप बुझ्ने काम भइरहेको जानकारी दिए ।

      ‘महिलाले बालिकाको शव बोकेर हिँडेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । मृतकको अनुहारमा निलडाम देखिएका छन्’, उनले भने, ‘हामी थप बुझ्दैछौँ ।’

      एसपी कार्कीका अनुसार महिलाले सोधपुछका क्रममा बयान फेर्ने गरेकोले घटना थप रहस्यमयी बनेको छ । ‘हामीले सोधपुछ गर्दा कुरा फेर्ने गरेको पाइएको छ । मानसिक अवस्था पनि कमजोर होकि भन्ने छ’, उनले भने, ‘अनुसन्धानपछि थप खुल्दै जाला ।’

        कमेन्टहरु