अर्थ

    आजको विदेशी मुद्राको विनिमय दर

    जगत ठाडा मगर
    २०७८ फाल्गुन २१ | बिहान ०७:११ बजे

      बुटवल, फागुन २१ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ ।

      राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ५६ पैसा र बिक्री दर १२२ रुपैयाँ १६ पैसा कायम गरेको छ। युरो एकको खरिद दर १३३ रुपैयाँ ९२ पैसा र बिक्री दर १३४ रुपैयाँ ५८ पैसा कायम गरिएको छ।

      पाउन्ड स्टर्लिङ एकको खरिद दर १६१ रुपैयाँ ८४ पैसा र बिक्री दर १६२ रुपैयाँ ६४ पैसा छ। यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १३२ रुपैयाँ ३५ पैसा र बिक्री दर १३३ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ। अस्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ ५५ पैसा र बिक्री दर ९० रुपैयाँ तोकिएको छ।

      क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ५९ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ ०६ पैसा छ। जापानी येन १० को खरिद दर १० रुपैयाँ ५३ पैसा र बिक्री दर १० रुपैयाँ ५९ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ २५ पैसा र बिक्री दर १९ रुपैयाँ ३४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

      यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ ४० पैसा र बिक्री दर ३२ रुपैयाँ ५६ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ३५ पैसा र बिक्री दर ३३ रुपैयाँ ५१ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ। मलेसियन रिंगिट एकको खरिद दर २९ रुपैयाँ १० पैसा छ भने बिक्री दर २९ रुपैयाँ २४ पैसा रहेको छ।

      यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९९ पैसा र बिक्री दर १० रुपैयाँ ०४ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।

        कमेन्टहरु