मुख्य समाचार

    कपिलवस्तुको कृष्णनगरमा एकैपटक दुई ठुला याेजना उद्घाटन

    जगत ठाडा मगर
    २०७८ फाल्गुन २० | मध्यान्ह ०९:११ बजे

      अजय मिश्र
      कपिलवस्तु, फल्गुन २० । जिल्लाकाे कृष्णनगर नगरपालिकामा एकै दिनमा दुई ठुला याेजना उद्घाटन गरिएकाे छ । पुर्व कृषि मन्त्री एवं नेपाली कांग्रेसका प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्यकाे प्रमुख अतिथ्यतामा कृष्णनगर नगरपालिकाकाे दुई वडा ८ र ९ काे संयुक्त कार्यालय तथा सुरई खाेलामा झाेलुङ्गे पुलकाे एकैसाथ उद्घाटन गर्नुभएकाे छ ।

      नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले नगरभित्रका अधिकांश ठुलायाेजनाहरु निर्माण समपन्न भईसकेकाले उद्घाटन गरि सुचारु गर्न लागिएकाे बताउनुभयाे । नगरप्रमुख शाहले बहादुरगजमा संयुक्त वडा कार्यालय तथा डुमाई, पुरुषाेत्तमपुर लगायतका गाउँलाई नगर केन्द्र र लिंक राेड जाेड्ने सुरई खाेलामा बनाइएकाे झाेलुङ्गे पुल पनि संगै उद्घाटन गराई संचालनमा ल्याईएकाे बताए ।

      हाल वडा ८ र ९ साविककाे बहादुरगंज गाविसकाे पुरानाे कार्यालय भवन जीर्ण बन्दै गएकाेले र वडा ८ काे कार्यालय भाडामा संचालन रहेकाले संयुक्त वडा कार्यालय बनाइएकाे जानकारी याेजना प्रमुख साकिर अहमद शाहले जानकारी दिनुभयाे ।

      उद्घाटन कार्यक्रमकाे संचालन राेजगार संयाेजक इश्वरि पाैडेलले गर्नुभएकाे थियाे भने नेपाली कांग्रेसका जिल्ला सचिव प्रेम रायमाझी, क्षेत्रिय संयाेजक ब्रहम्मानन्द उपाध्याय, नगर सभापति देवानन्द शुक्ला, अजय उपाध्यय, गंगेश तिवारी लगायत वडाध्यक्ष संजय गुप्ता, तुङ्गनाथ चाैधरी, कार्यपालिका सदस्य, कर्मचारी र सर्वसाधारणकाे उपस्थिति थियाे ।

      photo 2022 03 04 21 01 01

        कमेन्टहरु