रेडक्रस उपशाखा परासीमा ११ जना कार्यसमिती चयन


रामजी प्रजापति
नवलपरासी, फागुन २० । नेपाल रेडक्रस उपशाखा परासीको कार्यसमिति निर्वाचन सम्पन्न भएको छ । फागुन २३ गते सोमबारका लागि तोकिएको निर्बाचन हिजो(बिहिवार) नै सम्पन्न गरेको हो ।
काङ्ग्रेस नगरकार्य समितिका सचिव चौथी प्रसाद कोहार, नेकपा एमाले नगरकार्य समितिका अध्यक्ष हरिलाल यादव, लोसपा नेपालका प्रतिनिधि पुरन प्रसाद चौधरी, जसपा नेपालका प्रतिनिधि घुरहु यादव समेतका सम्युक्त बैठक बसि सहमतिको आधारमा कार्यसमिती चयन गरिएको हो ।
जसमा अध्यक्षमा नेपाली काङ्ग्रेस, उपाध्यक्ष नेपाली काङ्ग्रेस, सहसचिव नेपाली काङ्ग्रेस, महिला सदस्य नेपाली काङ्ग्रेस, नेकपा एमालेको तर्फबाट सचिव सदस्य सङ्ख्या तीन लोसपा नेपालबाट सहकोषाध्यक्ष र जसपा नेपालबाट कोषाध्यक्ष र सदस्य रहने गरि निर्णय भए अनुसार निर्णय कार्यनयन भई तपसिल अनुसार उमेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिएको निर्वाचन अधिक्रित रिसिराम सुवेदीद्धारा सुचना टाँस गरिएको छ ।
निर्बाचित कार्यसमितिमा सभापति, अवधेश कुमार यादव, उपसभापति सीता कुवर, सचिव सुरज यादव, उपसचिव चन्द्रप्रकाश गुप्ता, कोषाध्यक्ष घुरहु यादव, उपकोषाध्यक्ष ओमप्रकाश गुप्ता, महिला सदस्य पुस्पा खनाल, सदस्यहरु रमेश प्रसाद यादव, डोलराज डुम्रे, राधिका पौडेल र रामकुन्डल यादव निर्बाचित भएका छन ।






