भोलीदेखि जिल्ला प्रशासन कार्यालय काठमाडौंले लगाएको सबै प्रतिबन्ध हटाउने(बिज्ञप्तिसहित)

जगत ठाडा मगर
२०७८ फाल्गुन २० | मध्यान्ह ०५:११ बजे

काठमाडौं, फागुन २० । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोभिड–१९ को संक्रमण रोकथामका लागि लगाएका सबै प्रतिबन्ध हटाउने भएको छ ।
प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले शुक्रबार एक विज्ञप्ति जारी गर्दै शनिबारदेखि प्रचलित कानुन बमोजिम राजनीतिक, सामाजिक, आर्थिक व्यावसायिक लगायतका कार्य स्वास्थ्य मापदण्ड पालना गरेर सञ्चालन गर्न सकिने उल्लेख गरेका छन्।
कोरोना संक्रमित र ओमिक्रोन भेरियन्टको संख्या बढेपछि केही क्षेत्रमा प्रतिबन्ध लगाएको थियो। पछिल्लो समय कोरोना संक्रमण न्यून विन्दुमा झर्न थालेपछि जिल्ला प्रशासन कार्यालयले जारी गरेको स्मार्ट लकडाउन हटाएको हो।






