देश

    पश्चिम नवलपरासीमा २ लाख ४९ हजार ७ सय मूल्य बराबरकाे अबैध मालसमान बरामद

    जगत ठाडा मगर
    २०७८ फाल्गुन २० | मध्यान्ह ०५:११ बजे

      सुरेश यादव
      नवलपरासी, फागुन २० । पश्चिम नवलपरासीमा २ लाख ४९ हजार ७ सय मुल्य बराबरकाे अबैध मालसामान नवलपरासी प्रहरीले जिल्लाकाे विभिन्न स्थानबाट बरामद गरेकाे जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी प्रेमबहादुर शाहीले जानकारी दिनुभयाे ।

      भारतबाट भन्सार छली अबैध रुपमा नेपाल तर्फ ल्याउदै गरेकाे अन्दाजी १ लाख २४ हजार मुल्य बराबरकाे १२४० पिस विभिन्न माेबाईलका कभर प्रहरी चाैकी गेरमीबाट खटिएको प्रहरी टाेलीले पाल्हिनन्दन गाउँपालिका वडा नं ४ लुक्पुरवास्थितबाट बरामद गरेको छ ।

      उक्त माेबाईल कभर माेटरसाईकलमा ल्याउदै गर्दा प्रहरी टाेलीलाई देखि सामान फाली माेटरसाईकलसहित मानिस भागेकाे सुचना अधिकारी शाहीले बताउनुभयो ।

      त्यसैगरी भारतबाट अबैध रुपमा नेपाल तर्फ ल्याउदै गरेकाे १ लाख २५ हजार ७ सय मूल्य बराबरको बाेईलर कुखुरा, माछा तथा विभिन्न मालसामान सिमा प्रहरी चाैकी महेशपुरबाट खटिएको प्रहरी टाेलीले बरामद गरेकाे छ । जसमा ६१ हजार ९ सय मूल्य बराबरकाे सजावटका सामान तथा १०० केजी घाँसकाे बीउ पाल्हिनन्दन गाउँपालिका वडा नं २ स्थितबाट प्रहरीले बरामद गरेकाे हाे भने ३५ हजार मूल्य बराबरकाे १४० केजी माछा पाल्हिनन्दन गाउँपालिका वडा नं १ बड्की सुनरी स्थितबाट बरामद गरिएको हाे ।

      त्यसैगरी भारतबाट अबैध रुपमा नेपाल तर्फ ल्यादै गरेकाे अन्दाजी २८ हजार ८ सय मूल्य बराबरकाे बाेईलर कुखुरा सिमा प्रहरी चाैकी महेशपुरबाट खटिएको प्रहरी टाेलीले पाल्हिनन्दन गाउँपालिका वडा नं १ झरही खाेला स्थितबाट बरामद गरिएको छ ।

      उक्त मलसमान, बाेईलर कुखुरा र माछा माेटरसाईकलमा राखी ल्याउदै गर्दा प्रहरी टाेलीलाई देखि सामान फाली माेटरसाईलसहित मानिस भागेका थिए ।

      बरामद गरिएको बाेईलर कुखुरा र माछा पशु क्वारेन्टाइन महेशपुरकाे राेहवरमा खाल्डो खनी पुरी नष्ट गरिएकाे सुचना अधिकारी शाहीले जानकारी दिनुभयो । अन्य मालसमान आवश्यक कार्वाहीकाे लागि महेशपुर भन्सार कार्यालय बुझाउने प्रकृयामा रहेकाे प्रहरीले बताएको छ ।

      photo 2022 03 04 17 50 34

        कमेन्टहरु