देश

    शिशुकाे मृत्यु पश्चात् किर्तिपुर हस्पिटलमा ताेडफाेड

    नवलपुर टुडे
    २०७७ पुस १८ | मध्यान्ह ०६:०९ बजे

      पुस १७,काठमाडौं ।
      सुत्केरी हुन नसकेर राजधानीको कीर्तिपुर अस्पताल भर्ना भएकी थिइन्, सविना सुवेदी थापा । धादिङ घर भएकी थापाले जन्माएको नवजात शिशुको मृत्यु भएपछि उनका आफन्तले कीर्तिपुर अस्पतालमा तोडफोड गरेका छन् ।

      अस्पताल तोडफोड गर्ने १७ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले नवलपुर-टुडेलाई बताए । उनले भने–‘अहिले अस्पताल प्रशासन र पीडित पक्षबीच वार्ता हुन लागेको छ ।’

      पीडितका आफन्तले डाक्टरको लापरवाहीले बच्चाको निधन भएको दावी गरेका छन् ।
      पक्राउ गरिएकाहरुलाई महानगरीय प्रहरी वृत्त कालीमाटीको हिरासतमा राखिएको छ ।

        कमेन्टहरु