मुख्य समाचार

    प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियामा निःशुल्क स्वास्थ्य शिविर

    जगत ठाडा मगर
    २०७८ फाल्गुन २० | बिहान ०९:११ बजे

      धनगढी, फागुन २० । सुदूरपशिचम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ।

      नेपाल प्रहरी अस्पताल महाराजगञ्जको ३८औँ वार्षिकोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको हो।

      नेपाल प्रहरी अस्पताल र नेपाल प्रहरी श्रीमती संघको संयुक्त आयोजनामा विशेषज्ञ चिकित्सकहरुबाट चर्म रोग, आँखा, नाक, कान तथा घाँटि सम्बन्धी समस्याहरुका साथै नर्सिङ विभाग, मेडिसिन, अर्थो, गाइनो र फार्मेसी विभागबाट विभिन्न सेवासहित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

      स्वास्थ्य शिविर यही फागुन २१ र २२ गते सञ्चालन गर्न लागिएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।

        कमेन्टहरु