देश

    हत्या अभियोगमा पोखरामा दुईजना पक्राउ

    जगत ठाडा मगर
    २०७८ फाल्गुन २० | बिहान ०९:११ बजे

      पोखरा, फागुन २० । हत्या गरेको अभियोगमा दुईजना पक्राउ परेका छन् ।

      पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका २० लामडाँडा बस्ने २९ वर्षीय प्रकाश गुरुङ र २५ वर्षीय निशान गुरुङ रहेका छन् ।

      पोखरा महानगरपालिका २० मौजा बस्ने ३५ वर्षीय चोकेन्द्र गुरुङलाई चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

      उनीहरूले चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका चोकेन्द्रको मणिपाल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

        कमेन्टहरु