तनहुँमा करेन्ट लागेर वडा सदस्यको मृत्यु

जगत ठाडा मगर
२०७८ फाल्गुन २० | बिहान ०९:११ बजे

तनहुँ । तनहुँमा करेन्ट लागेर वडा सदस्य ६८ वर्षीय ओमबहादुर नेपालीको शुक्रबार मृत्यु भएको छ।
नेपाली कांग्रेस व्यास नगरपालिका–१ का वडा सदस्य नेपालीको खोलाबाट पानी तान्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो।
छाब्दीखोलाबाट मोटरपम्प जोडेर पानी तान्ने सिलसिलामा अचानक करेन्ट लाग्दा नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।
तरकारी बारीमा सिँचाइ गर्नका लागि छाब्दीखोलाबाट पानी तान्ने क्रममा करेन्ट लाग्दा नेपालीको मृत्यु भएको उनले बताए। -रासस





