मुख्य समाचार

    नेपाल बैंकमा जागिर खुल्यो, ३०३ जना कर्मचारीको माग

    जगत ठाडा मगर
    २०७८ फाल्गुन २० | बिहान ०९:११ बजे

      काठमाडौं, फागुन २० । नेपाल बैंक लिमिटेडले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले लोक सेवा आयोगको सहमतिअनुसार २०७८/७९ को स्वीकृत दरबन्दीको आधारमा ३०३ स्थायी कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो ।

      जसअनुसार बैंकले ६२ जना सहायक प्रबन्धक‚ १५० जना सहायक र ९१ जना कनिष्ट सहायक पदका लागि दरखास्त माग गरेको छ । केन्द्रीय कार्यालय र प्रदेशअन्तर्गतका शाखाका कार्यालयहरुका लागि माग गरिएको हो । दरखास्त फागुन २० देखि चैत १० गतेसम्म अनलाइनमार्फत आवेदन दिन सकिनेछ ।

      सहायक प्रबन्धक पदका लागि २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्दछ । यस्तै सहायक र कनिष्ठ सहायक पदका लागि भने १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनेपर्ने बिज्ञापनमा उल्लेख छ ।

      photo 2022 03 04 09 03 38

        कमेन्टहरु