मुख्य समाचार

    नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुन: बढायो

    जगत ठाडा मगर
    २०७८ फाल्गुन २० | बिहान ०७:११ बजे

      काठमाडौ, फागुन २० । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुन: वृद्धि गरेको छ ।

      निगमले बिहीबार रातिदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य ५/५ रुपैयाँले बढाएको हो । नयाँ मूल्यअनुसार पेट्रोल १५० रुपैयाँ लिटर पुगेको छ भने डिजेल र मट्टितेल १३३ रुपैयाँ पुगेको छ ।

      खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ । यस्तै हवाइ इन्धनको मूल्य पनि बढाइएको छ । निगमले पछिल्लोपटक पेट्रोलमा ३ रूपैयाँ ८९ रूपैयाँ, डिजेलमा ३ रूपैयाँ ८ पैसा मूल्य बढेर आएको जानकारी गराएको थियो ।

      त्यस्तै मट्टीतेलमा प्रतिलिटर १० र खाना पकाउने एलपी ग्यासमा ९९ रूपैयाँ मूल्य बढेर आएको उल्लेख गरिएको छ । निगमले समग्रमा डिजेल, मट्टीतेलम र पेट्रोलमा ५/५ रूपैयाँ मूल्य बढाएको हो ।

      निगमका सहायक प्रवक्ता पुष्कर कार्कीका अनुसार नयाँ मूल्यसूचीपछि पेट्रोलमा प्रतिलिटर १६ रुपैयाँ २८ पैसा, डिजेलमा ११ रुपैयाँ घाटा छ । ग्यासमा ६६५ रुपैयाँ घाटा छ । मट्टितेलमा १९ रुपैयाँ र आन्तरिक हवाई इन्धनमा २३ रुपैयाँ ८ पैसा नाफा छ ।

      आगामी १५ दिनमा २ अर्ब ५० करोड घाटा हुने निगमको प्रक्षेपण छ ।

      photo 2022 03 04 07 20 21

       

       

       

       

       

       

        कमेन्टहरु