स्थानीय तहको निर्वाचनका लागि आठ अर्ब ११ करोड रकमको सुनिश्चितता

जगत ठाडा मगर
२०७८ फाल्गुन १९ | मध्यान्ह ०५:११ बजे

काठमाडौं, फागुन १९ । सरकारले स्थानीय तहको निर्वाचन सञ्चालन एवम् व्यवस्थापनका लागि आठ अर्ब ११ करोड रुपियाँ बजेटको सुनिश्चितता गरेको छ ।
बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत आयोगका प्रवक्ता शालीग्राम शर्माले अर्थ मन्त्रालयबाट उक्त रकमको सुनिश्चितता भएको बताएका हुन् । यसैगरी, मतदाताको एकभन्दा बढी नाम भएको, मृत्यु भएको वा नागरिकता त्याग गरेको लगायतका निर्वाचनसँग सम्बन्धित मतदाता नामावलीको जाँचबुझ फागुन २० देखि २६ गतेसम्म गरिने उनले बताए ।
स्थानीय तहमा भाग लिने राजनीतिक दलको नाम पनि २६ गतेभित्र नै प्रकाशन हुने उनले जानकारी दिए । अहिले चुनावमा भाग लिन आयोगमा निवेदन दिएका ८० दलको जाँचबुझ भइरहेको छ ।






