देश

    पछिल्लो २४ घण्टामा देशभर थप १२७ जनामा कोरोना पुष्टि, ३ को मृत्यु

    जगत ठाडा मगर
    २०७८ फाल्गुन १८ | मध्यान्ह ०५:११ बजे

      काठमाडौं, फागुन १८ । पछिल्लो २४ घण्टामा देशभर थप १२७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ८७४ जनामा कोरोना परीक्षण भएको थियो ।

      यससँगै देशभर पीसीआर विधिबाट भएको कोरोना परीक्षणमा कुल ९ लाख ७७ हजार १९९ र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख ३९ हजार ४५७ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये हालसम्म ९ लाख ५७ हजार ४८८ जना कोरोनामुक्त भएका छन् ।

      यस्तै सोही अवधिमा ३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म ११ हजार ९४१ जनाको मृत्यु भएको छ । पछिल्लो समय कोरोना संक्रमित घट्दै गएका छन् भने हाल देशभर ७ हजार ७७० जना सक्रिय संक्रमित रहेका छन् ।

        कमेन्टहरु