सांसद भवन अगाडि कुकुर बम राख्ने पक्राउ

जगत ठाडा मगर
२०७८ फाल्गुन १८ | मध्यान्ह ०३:११ बजे

काठमाडौं, फागुन १८ । नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि शंकास्पद वस्तु राखेर मानिसलाई आतंकित बनाएको अभियोगमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।
नियन्त्रणमा लिनेमा काभ्रेको भुम्ली गाउँपालिका वडा नम्बर – २ सिमथली घर भएका २१ वर्षीय सुवास महत रहेको महानगरी अपराध महाशखाले जनाएको छ ।
अनुसन्धानको क्रममा उनी अनेरास्ववियु क्रान्तिकारीका पशुपति बहुमुखी क्याम्पस कमिटी अध्यक्ष भएको खुलेको छ। प्रहरीले घटनामा प्रयोग भएको बाप्र ०२ ०३० प ७०८५ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ।
सोमबार संसद् भवनमा एमसीसीबारे छलफल भइरहेको बेला नयाँ बानेश्वरको बीच सडकमा नो एमसीसी लेखिएको कुकर भेटिएको थियो।





