प्रतिनिधिसभा बैठक फागुन २२ सम्मका लागि स्थगित

जगत ठाडा मगर
२०७८ फाल्गुन १८ | मध्यान्ह ०२:११ बजे

काठमाडौ । आज बसेको प्रतिनिधिसभाको बैठकमा एमालेको अवरोधपछि फागुन २२ गतेसम्मका लागि स्थगित भएको छ ।
एमालेको अवरोधका बीच बुधबार बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र बडुले आर्थिक वर्ष २०७७-७८ को राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन पेस गरेका थिए ।
प्रमुख प्रतिपक्षी दल एमालेले आफूले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गर्न माग गर्दै संसद बैठकमा अवरोध जारी राखेपछि सभामुख अग्नि सापकोटाले बैठक फागुन २२ गते दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका हुन् ।
एमालेले आफूले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेको भन्दै भदौ यता संसद बैठक अवरुद्ध गर्दै आएको छ ।





