सुनचाँदीको मुल्य बढ्यो

जगत ठाडा मगर
२०७८ फाल्गुन १८ | मध्यान्ह ०१:११ बजे

काठमाडौं, फागुन १८ । अघिल्लो दिनको तुलनामा आज (बुधबार) सुनको मूल्य तोलाको १९ सय रुपैयाँले वृद्धि भएको छ ।
सुनको यो मूल्य यो वर्षकै उच्च भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावल सुनको मूल्य तोलामा ९९ हजार ५ सय रुपैयाँ तोकिको छ। मंगलबार तोलाको ९७ हजार ६ सयमा कारोबार भएको थियो।
आज तेजाबी सुनको मूल्य ९९ हजार रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य पनि तोलाको ४० रुपैयाँले उकालो लागेको छ। आज चाँदी प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा कायम भएको छ। मंगलबार चाँदी तोलाको १ हजार ३ सय ३५ रुपैयाँमा किनबेच भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा भएको वृद्धि नै मूल्य बढ्नुको प्रमुख कारण भएको महासंघले बताएको छ।





