समाज

    सिरहामा करोडौं खर्चमा निर्माण खानेपानी आयोजना अलपत्र, स्थानियलाई पिउने पानी अभाब

    जगत ठाडा मगर
    २०७८ फाल्गुन १८ | बिहान ०८:११ बजे

      बबिता मण्डल
      सिरहा, फागुन १८ । मानिसको दैनिकी सँग जोडिएको खानेपानीको ट्याङ्की निर्माण भएपनि बिजोग अवस्थामा थिङ उभिएको अवस्था रहेको छ ।

      सिरहा धनगढीमाई नगरपालिकाको – १४ को चार भाई टोल र १२ को ठतिया खानेपानी आयोजना त्यसै गरी कुसमहा सिमल्टोकी खानेपानी आयोजनाकाे लागि निर्माण भएको खानेपानी ट्याङ्की रंगरोगन गरी तयारी भएको बर्षौ हुदापनि स्थानिय जनताले उक्त ट्याङ्कीबाट खानेपानी पिउने पाएका छैनन् ।

      डिभिजन खानेपानी कार्यालयको लापरवाहीको कारणले उक्त खानेपानी ट्याङ्की सञ्चालन हुन नसकेको स्थानिय जनताको बताएका छन । यस बिषयमा पटक पटक डिभिजन खानेपानी कार्यालयका जिम्मेवार ब्यक्तिसंग बुझ्ने कोसिस गर्दा समेत सम्पर्कमा नआएको स्थानियको गुनासो छ ।

        कमेन्टहरु