मौसम

    आज पहाडी भेगमा चट्याङसहित वर्षाको सम्भावना

    जगत ठाडा मगर
    २०७८ फाल्गुन १८ | बिहान ०७:११ बजे

      काठमाडौ, फागुन १८ । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। मौसम पूर्वानुमान महाशाखाले आज (बुधबार) बिहान ६ बजे जनाएअनुसार अहिले प्रदेश १ र बागमती प्रदेशका पहाडी भेगमा आंशिक बदली तथा देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा छ।

      दिउँसो भने प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्य, कर्णाली र सुदूरपश्चिमका पहाडी भेगमा आंशिक बदली तथा देशका अन्य स्थानमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। यस क्रममा पहाडी भेगका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ।

      मौसम महाशाखाका अनुसार आज राति प्रदेश १, कर्णाली र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली तथा देशका अन्य स्थानमा मौसम सामान्यतया सफा रहनेछ। यस क्रममा प्रदेश १, कर्णाली र गण्डकी प्रदेशका पहाडी भेगका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ।

      महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ। जसमा भनिएको छ : देशका पहाडी भूभागको थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध छ।

        कमेन्टहरु