कर्णाली प्रदेश

    कर्णाली प्रदेशको राजधानी सुर्खेतमा अनिश्चितकालीन निषेधाज्ञा

    जगत ठाडा मगर
    २०७८ फाल्गुन १७ | मध्यान्ह ०७:११ बजे

      बिरेन्द्रनगर, फागुन १७ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । सुर्खेतको विरेन्द्रनगरमा हिजोदेखि लगाइएको कर्फ्यू हटाएर प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हो । अमेरिकी सहायता परियोजना एमसीसी संसदबाट पारित भएसँगै सुर्खेतमा सोमबारदेखि आन्दोलन चर्किएको थियो ।

      उक्त आन्दोलनका क्रममा तोडफोड हुन थालेपछि प्रशासनले सोमबार राति सवा ८ बजेदेखि कर्फ्यू लगाएको थियो । आज साँझ ७ बजेसम्म लगाइएको उक्त कर्फ्यू हटाएर प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

      वीरेन्द्रनगर नगरपालिकाको बजार क्षेत्रस्थित एरी चोक, मंगलगढी चोक, हटियालाइन/हटिया चोकभित्र सभा, जुलुलस, समारोह गर्ने उद्देश्यले पाँच जनाभन्दा बढी समूहमा उपस्थिति नगर्न नगराउन निषेधित क्षेत्र घोषणा गरिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिएका छन् ।

      रिजालका अनुसार कर्फ्यूको आदेश जारी राख्दा सामान्य नागरिकको जीवनमा पर्न सक्ने प्रभावलाई मध्यनजर गरी कर्फ्यू हटाइएको हो ।

      photo 2022 03 01 19 18 12

        कमेन्टहरु