बुधबार बस्ने प्रतिनिधिसभा बैठकका लागि सम्भावित कार्यसूची सार्वजनिक

जगत ठाडा मगर
२०७८ फाल्गुन १७ | मध्यान्ह ०६:११ बजे

काठमाडौ, फागुन १७ । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ ।
संसद सचिवालयले बुधबार बस्ने बैठकका लागि सम्भावित सूचि सार्वजनिक गरेको हो ।
संघीय संसदका महासचिव डा. भरतराज गौतमका अनुसार बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रथिवेदन पेश गर्ने छन् ।
यस्तै सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले नेपाल नागरिक उड्डयन प्राधिकरण विद्येयक २०७६ र नेपाल हवाई सेवा प्राधिकरण विद्येयक २०७६ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने छन् ।






