देशभर पछिल्लो १४ घण्टामा १५८ जना कोरोना संक्रमण पुष्टि

जगत ठाडा मगर
२०७८ फाल्गुन १७ | मध्यान्ह ०५:११ बजे

काठमाडौं, फागुन १७ । पछिल्लो २४ घण्टामा देशभर १५८ जना कोभिड १९ संक्रमित थपिएका छन् । ६ हजार ५०४ वटा नमुनामा परीक्षण गर्दा १५८ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ९७१ पुगेको छ । आज थप दुईजनाको संक्रमणका कारण मृत्यु भएको छ ।
योसँगै नेपालमा कोभिड १९ संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९३८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रलयले जनाएको छ ।





