हुम्लामा बाघको छालासहित एक जना पक्राउ

जगत ठाडा मगर
२०७८ फाल्गुन १७ | बिहान १०:११ बजे

हुम्ला, फागुन १७ । हुम्लामा बाघको छाला र हड्डीसहित एक जना पक्राउ परेका छन्। उनलाई बाघको छाला र हड्डीसहित आफ्नै घरबाट पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा ताँजाकोट गाउँपालिका–४ उत्तिस्यानीका ३७ वर्षीय सुनिल सार्की रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय, हुम्लाका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माका अनुसार अस्थायी प्रहरी चौकी छप्रेलाको टोलीले सुनिललाई पक्राउ गरेको हो।





