राजनीति

    एमसीसीबारे पार्टीको धारणा सार्वजनिक गर्न नेकपा एसले पत्रकार सम्मेलन गर्दै

    जगत ठाडा मगर
    २०७८ फाल्गुन १७ | बिहान ०९:११ बजे

      काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा आफ्नो धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्ने भएको छ ।

      आज दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर अध्यक्ष माधव नेपालले एमसीसी, स्थानीय निकायको निर्वाचनलगायत विषयमा पार्टीको धारणा सार्वजनिक गर्ने भएका हुन् ।

      अर्पण व्याङक्वैट, थापागाउँ नयाँ बानेश्वरमा आज दिउँसो २ बजे पत्रकार सम्मेलन आयोजना गरिएको केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिएका छन् ।

        कमेन्टहरु