देश

    संखुवासभामा मृग मारेको आरोपमा एक जना युवक पक्राउ

    जगत ठाडा मगर
    २०७८ फाल्गुन १७ | बिहान ०९:११ बजे

      संखुवासभा, फागुन १७ । संखुवासभाको चैनपुर नगरपालिका – ७ वालेश्वर गुफाबाट रतुवा मृग मारेको आरोपमा एक जना पक्राउ परेका छन् ।

      पक्राउ पर्नेमा सभापोखरी गाउँपालिका घर भई हाल चैनपुर – ७ फलाटे बस्ने ३५ वर्षीय दिलबहादुर श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योजराज खतिवडाले जानकारी दिए । श्रेष्ठलाई चैनपुर – ७ वालेश्वर गुफाबाट नजिकैबाट पक्राउ गरिएको हो ।

      उनलाई अस्थायी प्रहरी चौकी पिलुवाखोलाबाट खटिएको प्रहरीको गस्ती टोलीले बोरामा लुकाई राखेको रतुवा मृगसहित पक्राउ गरेको खतिवडाले बताए । उनको साथबाट एक थान भरुवा बन्दुकसमेत फेला परेको छ ।

      पक्राउ परेका श्रेष्ठलाई जिल्ला अदालत संखुवासभाबाट सात दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

        कमेन्टहरु