मौसम

    आजको मौसम सामान्यतया सफा

    जगत ठाडा मगर
    २०७८ फाल्गुन १७ | बिहान ०६:११ बजे

      काठमाडौ, फागुन १८ । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। देशको पहाडी भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । मंगलबार देशको पहाडी भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

      प्रदेश १, गण्डकी प्रदेश तथा सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । बुधबार देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

      प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानमा साथै कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागको एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । बिहीबार देशको सुदूरपश्चिम र कर्णाली प्रदेशको साथै पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा अन्य भू-भागमा मौसम सामान्यत सफा रहनेछ ।

      प्रदेश १,गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

        कमेन्टहरु