समाचार

    सिरहा भाल्टारमा जग्गाको नापी शुरु

    जगत ठाडा मगर
    २०७८ फाल्गुन १७ | बिहान ०६:११ बजे

      दिलीप लामा
      सिरहा, फागुन १७ । भूमिहिन गरीब, दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासको नाममा संकलित तथ्याङ्क अनुसार सिरहाको धनगढीमाई १३ को भाल्टार डाँडाबाट एक कार्यक्रमका बीच अमिन टोलीद्वारा जग्गाको नापी शुरु भएपछि स्थानिय जनताको आशा पलाएको छ ।

      ऐलानी जग्गामा बसोबास गर्दै आएका स्थानिय जनताको जग्गा नापी थालिएपछि वित्तीय कारोबारमा सहजता हुनेमा ढुक्क भएका छन् ।

      त्यहाँका स्थानिय विगतमा आफ्नो नाममा जग्गा नहुँदा सरकारी सुविधाबाट वञ्चित भएका आम मानिसहरूको आशा भरोसा अब वास्तविकतामा परिणत भएको महसुस गरिएको हो ।

        कमेन्टहरु