समाज

    राष्ट्रिय मुस्लिम मदरसा संगठन मदरसाको हकहितको‌ लागि : अकरम पठान

    जगत ठाडा मगर
    २०७८ फाल्गुन १६ | मध्यान्ह ०४:११ बजे

      कपिलवस्तु, फागुन १६ । राष्ट्रिय मुस्लिम मदरसा संगठन नेपालको आयोजनामा कपिलवस्तुको कृष्णनगर जामिया इस्लामिया नाइमिया प्रा.वि .को प्रांगणमा पुस्तक बिमोचन तथा धर्मगुरु मदरसा शिक्षक भेटघाट छलफल कार्यक्रम सम्पन्न भएको छ।

      लामो समयदेखि नेपालमा अल्पसंख्यक मुस्लिम समुदाय बसोबास गरि आफ्नो धर्म संस्कृतिको बारे आफ्ना बालबच्चाहरुलाई पढाउन सिकाउनको लागि आफ्नै समुदायबाट चंदा जकात तथा‌ निजी श्रोत साधनले संचालन गरिरहेका छन। शुरु देखि नेपाल सरकारले मदरसाहरु प्रति कुनै चासो देखाएका थिएन तर जब नेपाललाई पुर्णसाक्षर गर्नु पर्ने आवश्यकता पर्यो तब नेपाल‌ सरकारले मदरसा प्रति चासो बढायो मदरसाहरु कुनै निकायमा दर्ता थिएन मदरसामा पढेका विद्यार्थीहरुलाई साक्षर कि निरक्षर भन्ने प्रश्न उठेपछि सरकार एकाएक मदरसाहरु प्रति चासो देखाई मदरसाहरुलाई मुलप्रवाहिकरण गर्नका लागि विशेष अभियान चलाई अधिकांश मदरसाहरुलाई सम्बन्धित निकायहरुमा दर्ता गरि प्रकृया पुर्याइ मदरसा शिक्षालाई अगाडी बढाएको छ।

      तर, मदरसामा शिक्षा प्राप्त विद्यार्थीहरुको सरकारी निकायहरुमा पनि जागिर लगाउने सरकारी नियुक्ती दिने काम अहिले पनि सरकारले नगरेको भन्दै‌ संरक्षक अकरम पठानले गुनासो पोखे अब नेपाल भरिका मदरसा व्यवस्थापन समिती तथा धर्मगुरुहरु राष्ट्रिय मुस्लिम मदरसा संगठन नेपालमा आउनुस यो संस्था तपाईहरुको हकअधिकारको आवाज सम्बन्धित निकाय संग पुराई अधिकार दिलाउनको लागि संघर्ष गर्ने तयार रहेको संरक्षक पठानले बताउनु भयो।

      राष्ट्रिय मुस्लिम मदरसा संगठन नेपालका अध्यक्ष मौलाना अतिकुर्रहमानले उपस्थित भएका सबै धर्मगुरु तथा मदरसाका अध्यक्षहरुलाई धन्यवाद व्यक्त‌ गर्दै‌, यो‌ संगठन हाम्रो मदरसाको ‌‌‌‌‌‌‌‌‌आवाज उठाउन‌मा मदत गर्छ हाम्रो आवाज सम्बन्धित निकाय संग नपुगेको कारणले मात्रै यो पटक लुम्बिनी प्रदेश सरकारले मदरसाहरुसंग बिभेद गरि बजेट विनियोजन गरेको छ पहुंच वालालाई मात्रै लुम्बिनी प्रदेश‌ सरकारले ग्रहयता दिएको बताउनु भयो।

      कार्यक्रमका प्रमुख अतिथी अकबर अहमदले मुफ्ती बसिर अहमद शाह नाइमीले लेखेको पुस्तकको प्रसंशा गर्नु भयो र सबै मदरसाका शिक्षक तथा जिम्मेवार व्यक्तिहरुलाई राष्ट्रिय मुस्लिम मदरसा संगठन नेपाल संग अवद्ध भइ संगठनलाई अगाडी बढाउनमा जोड दिए।

      मुस्लिम धर्मावलंबीहरुको धर्मगुरु मुफ्ती वसीर अहमद शाह नाइमीले लेखेको ५ वटा धार्मिक पुस्तक नेपाली तथा अंग्रेजी अनुवादमा शनिवारका दिन सार्वजनिक गरेका थिए । मुस्लिम धर्मावलंबीहरुको धार्मिक पुस्तक अधिकांश अरबी र उर्दु भाषामा लेखिएको भेटिन्छ । शनिवारको दिन अनवारे दरुदे सलाम, मेराज मुस्तफा, मकामते वालदैन, सवानेह सुल्तानपुर मुनाजिरीन, मोमिन की नमाज र दुआ, इस्लामि ज़िन्दगी नामक पुस्तकहरु सार्वजनिक गरेका थिए।

      इस्लाम धर्मको नियम कानुंन तथा इस्लामको बारेमा बुझ्नको लागि उर्दु अरबी नपढेका मान्छेहरुको लागि नेपाली तथा अग्रेजीमा अनुवाद गरेको पुस्तकहरु बाजारमा ल्याएको आजको युवा पुस्ता उर्दु अरबी भाषा पढनमा कम रुचि देखाउदै गएपछि इस्लाम र इस्लामिक कुराहरु बुझनामा समस्या आइरहेकोले युवा पुस्ताको सहजीकरणको लागि यी ५ वटा पुस्तक नेपाली तथा अंग्रेजी भाषामा अनुवाद गरि आज सार्वजनिक गरेको मुफ्ती शाह नाइमीले बताएका थिए । कार्यक्रम मुफ्ती बसिर अहमद शाह नाइमीको अध्यक्षतामा सम्पन्न भएको थियो।

        कमेन्टहरु