देशमा पछिल्लो २४ घण्टामा १८० संक्रमित पुष्टि

जगत ठाडा मगर
२०७८ फाल्गुन १६ | मध्यान्ह ०४:११ बजे

काठमाडौं, फागुन १६ । पछिल्लो २४ घन्टामा थप १८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८३४१ नमूना परीक्षणमा १८० जनामा संक्रमण देखिएको हो।
५२१८ नमूनाको पीसीआर र ३१२३ नमूनाको एन्टिजेन विधिबाट परीक्षण भएको थियो । जसमध्ये पीसीआरबाट ११९ नमूना र एन्टिजेनबाट ६१ नमूनाको रिर्पोट पोजिटिभ आएको हो ।
मन्त्रालयका अनुसार सोमबार कोरोनाबाट थप एकजनाको मृत्यु भएको छ। यो सहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९३६ पुगेको छ।
यस्तै आज थप ४०० जना कोरोनामुक्त भएका छन । नेपालमा हाल कोरोना सक्रिय संक्रमितको संख्या ८२३५ छ । पछिल्लो २४ घन्टामा १ लाख ४१ हजार १२१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।





