मुख्य समाचार

    देशभर भोलि सार्बजनिक बिदा दिने सरकारको यस्तो घोषणा

    जगत ठाडा मगर
    २०७८ फाल्गुन १६ | मध्यान्ह ०३:११ बजे

      काठमाडौ, फागुन १६ । नेपालीहरुको महानपर्ब महाशिवरात्रि फागुन कृष्ण चतुर्दशीका दिन मनाइने हुदा फाल्गुन १७ गते सरकारले मुलुक भर सार्बजनिक बिदा दिने भएको छ ।

      त्यस अन्तर्गतका सबै कार्यालय, संसस्था, बैंक तथा वित्तीय कार्यालयलाई सार्बजनिक बिदा दिने भएको छ । महाशिवरात्रि अथवा शिवरात्री हिन्दुहरूको प्रमुख चाड हो। यो भगवान शिवको प्रमुख पर्व हो। भगवान शिवको उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रि मध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ।

      फाल्गुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीन दुःखी र कष्टपूर्ण अवस्थामा रहेकाप्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ । व्रत उत्सव मध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा-अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्दछन् ।

        कमेन्टहरु