समाज

    सिरहास्थित घनगढीमा अव्यवस्थित हाताबजारले दुर्घटनाको जोखिम, स्थानीय निकाय मौन

    जगत ठाडा मगर
    २०७८ फाल्गुन १६ | बिहान ०७:११ बजे

      बिनोद मण्डल
      सिरहा, फाल्गुन १६ । सिरहाको धनगढी बजार अव्यवस्थित स्थानिय सरकारको मौनता कायमै रहेको छ । पूर्व पश्चिम राजमार्गको समीप भएर लाग्ने बजार प्रत्येक हप्ताको दुई दिन अर्थात् आईतवार र बुधबार बजार लाग्छ ।

      बिहान ६ बजेदेखि पुर्व पश्चिम राजमार्ग सडकको दक्षिणी भागमा तरकारी बजारको रूपमा लाग्दै आएको बजारमा स्थानिय किसानको तरकारी जन्य बालीको बिक्री वितरणको लागि किसानहरूले आफ्नो तरकारी लिएर आउने गर्दा छिमेकी जिल्ला सप्तरी र धनुषाबाट किनमेलका लागि उपभोक्तहरु आउने गर्छन ।

      photo 2022 02 28 07 15 11

      अव्यवस्थित बजारले सडक अवरुद्ध हुने एकातिर समस्या छ भने अर्कोतिर संभावित घटनाको अवस्था रहेको छ । त्यसै गरी दिउँसो देखि शुरू हुने बजारको मूल सडकमा माछाको सुख्ठी र घाेङही सडकमा फिजाएर बेच्दा आवतजावत गर्न कठिनाइ उत्पन्न भएको छ ।

      बजारको विश्वकर्मा चोकमा स्थानिय सडकमा चल्ने अटोको व्यवस्थापन नहुँदा संभावित दुर्घटना हुने अवस्था भएपनि बजारको उचित व्यवस्थापन प्रति स्थानिय नगरपालिका बेखवर हुनु चिन्ताको विषय बनेको छ ।

        कमेन्टहरु