पर्यटन

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा, क्यालिब्रेसन उडान सम्पन्न, बुद्धपूर्णिमादेखि व्यावसायिक उडान थाल्ने तयारी

    जगत ठाडा मगर
    २०७८ फाल्गुन १६ | बिहान ०६:११ बजे

      भैरहवा । रुपन्देहीको भैरहवामा निर्माण सम्पन्न गरिएको दोश्रो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक परीक्षण उडान (क्यालिब्रेशन फ्लाइट) सम्पन्न भएको छ।

      उडानसँग सम्बन्धित सम्पूर्ण प्राविधिक काम पनि सम्पन्न भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले जानकारी दिए।

      एरो थाईको जहाजले क्यालिब्रेसन उडान सम्पन्न गरेको हो । क्यालिब्रेसन उडानको प्रतिवेदन अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) लाई पठाएपछि आइकाओले स्वीकृति दिएपछि व्यावसायिक उडान गर्ने भएको छ । यसअघि आगामी वैशाख १ गतेदेखि अन्तर्राष्ट्रिय परीक्षण उडान गर्ने छ ।

      परिक्षण उडानपछि अगामी जेठ २ गते बुद्धपूर्णिमादेखि व्यावसायिक उडान सुरु गरिने महानिर्देशक अधिकारीले जानकारी दिए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले छिटोभन्दा छिटो व्यावसायिक रूपमा सञ्चालनमा ल्याउने निर्देशन दिए।

        कमेन्टहरु