जनपत्रकार संगठन नेपालका अध्यक्ष विश्वकर्माद्धारा राजिनामा

जगत ठाडा मगर
२०७८ फाल्गुन १५ | मध्यान्ह १०:११ बजे

कालिकोट । जनपत्रकार संगठन नेपालका कालीकोटका अध्यक्ष तथा भेरी कर्णाली क्षेत्रीय समन्वय समितिका सदस्य खड्क बहादुर बिश्वकर्माले संगठनबाट राजीनामा दिएका छन्।
जनपत्रकार संगठन नेपाल कालीकोटको दोस्रो जिल्ला सम्मेलनबाट अध्यक्ष र भेरी कर्णाली समितिको सदस्य प्राप्त गरेका विश्वकर्माले ब्यवसायीक पत्रकारीता स्वतन्त्र रुपले गर्ने अठोटका साथ कुनै पनि संगठनमा नरहने गरि राजिनामा दिएको घोषणा गरेको हुन्।
विश्वकर्मा यस अघि विभिन्न छापा अनलाइन, मिडिया र रेडियो देखि पत्रकारिता गर्दै आइरहेका छन् । उनलाई यसअघि नेपाल कम्युनिष्ट पार्टी विप्लप नेतृत्वको पत्रकारहरुको छाता संगठन जनपत्रकार संगठनको जिल्ला अध्यक्षको जिम्मेवारी प्रदान गरिएको थियो।





