मुख्य समाचार

    आजको प्रतिनिधिसभाबाट एमसीसी बहुमतले पारित

    जगत ठाडा मगर
    २०७८ फाल्गुन १५ | मध्यान्ह ०९:११ बजे

      काठमाडौ, फागुन १५ । प्रतिनिधिसभाबाट एमसीसी बहुमतले पारित भएको छ ।

      अर्थमन्त्री जनार्दन शर्माले उक्त प्रस्ताव पारित गरियोस भन्ने प्रस्ताव गरेका थिए । त्यसपछि सभामुख अग्नि सापकोटाले प्रस्तावको पक्ष र विपक्षमा मत विभाजन गरेका थिए ।

      त्यसक्रममा हुन्छ भन्ने पक्षमा बहुमत सांसद उभिएका थिए । त्यसअघि एमसीसीमाथि सैद्धान्तिक छलफल भएको थियो । छलफलपछि अर्थमन्त्री जनार्दन शर्माले एमसीसीमाथि उठेका प्रश्नहरुको जवाफ दिएका थिए ।

      ‘एमसीसी आर्थिक परियोजना हो भनेर सरकारले स्पस्ट गरिसक्यो अब यसमा भ्रममा पर्न जरुरी छैन । राष्ट्रिय स्वाधिनता, अखण्डता र जनताको अधिकार तलमाथि गर्न दिँदैनौ’, अर्थमन्त्री शर्माको जवाफ थियो । त्यस्तै उनले एमसीसीको व्याख्यात्मक घोषणा गरेर प्रक्रियामा आएको भन्दै संसदले पारित गरेसँगै कानुनी प्रक्रियाको कम्प्याक्टबाट पनि पारित हुने र पारित भएन भने यो स्वत निस्क्रिय हुने बताए ।

        कमेन्टहरु