मुख्य समाचार

    मन्त्रिपरिषद बैठक सम्पन्न, एमसीसीको ब्याख्या ग्रहण गर्ने

    जगत ठाडा मगर
    २०७८ फाल्गुन १५ | मध्यान्ह ०६:११ बजे

      काठमाडौ, फागुन १५ । मन्त्रिपरिषदको बैठकले अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को व्याख्यात्मक घोषणा ग्रहण गरेको छ ।

      संघीय संसद भवनभित्रै बसेको मन्त्रिपरिषदको बैठकले एमसीसीको व्याख्यात्मक घोषणाको ग्रहण गरेको हो ।

      आज बसेको प्रतिनिधिसभा बैठकमा एमसीसी सैद्धान्तिक छलफल सकिएपछि बसेको मन्त्रिपरिषद बैठक व्याख्यात्मक घोषणा ग्रहण गरेको एक मन्त्रीले बताए ।

      ६ मिनेट बसेको बैठकले व्याख्यात्मक घोषणा ग्रहण गरेपछि आजै दोस्रो चरणमा बस्ने संसद बैठकबाट एमसीसीसँग त्यो पनि पारित हुनेछ ।

        कमेन्टहरु